काठमाडौं । ताप्लेजुङको मुक्कुम्लुङ (पाथीभरा)मा निर्माणाधीन केबलकारको विषयमा आन्दोलनरत ‘नो केबलकार समूह’ र नेपाल सरकारबीच आज पनि वार्ता शुरु भएको छ । वार्ता बिहान ११ बजे बस्दै छ ।
पाथीभरा केबलकारको माथिल्लो स्टेसनको निर्माण कार्य तत्काल रोक्नेबारे आन्दोलनरत पक्ष र सरकारबीच २२ माघमा सहमति भएको थियाे । त्यसयता ‘नो केबलकार समूह’ले आन्दोलनका कार्यक्रम स्थगित गरेको थियो ।
त्यस्तै माघ २७ (आज) पुन: विस्तृत छलफल गर्ने गरी सहमति जुटेको थियो । आन्दोलनका क्रममा घाइते भएकाहरुको निःशुल्क तथा प्रभावकारी स्वास्थ्य उपचार सरकारले गर्ने, माघ १२ गतेको घटनामा छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्ने सहमति भएको हाे। त्यस्तै आन्दोलनका क्रममा पक्राउ परेकाहरुलाई विना शर्त रिहा गर्ने पनि सहमति गरिएको छ।