काठमाडौं । पाँच दिनसम्म लगातार ओरालो लागेको सेयर बजार मंगलबार बढेको छ ।
अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ६.५४ अंक बढेको हो । सो वृद्धिपछि नेप्से २६८३ अंकमा कायम भएको छ ।
आज नेप्से परिसुचक सङ्ग काराेबार पनि केही बढेको छ ।
अघिल्लो दिन ६ अर्ब ९६ करोडको कारोबार भएकोमा आज ७ अर्ब २४ करोडको भयो । १३४ कम्पनीको मूल्य बढ्दा ९८ को घट्यो भने ११ को स्थिर रह्यो ।
आज विकास बैंक सेक्टर सबैभन्दा धेरै २.३७ प्रतिशत बढेकाे छ।हाइड्रोपावर १.५७, लगानी ०.४८ तथा उत्पादन ०.०१ प्रतिशत बढे । व्यापार समूह सबैभन्दा धेरै १.०५ प्रतिशत घट्यो ।
अन्य ०.०१, निर्जीवन बीमा ०.४३, माइक्रोफाइनान्स ०.०४, जीवन बीमा ०.०८, होटल तथा पर्यटन ०.४७, फाइनान्स ०.२९ तथा बैंकिङ ०.२० प्रतिशत घटे ।
चार कम्पनीको सिक्लेस हाइड्रोपावर, भगवती हाइड्रोपावर, रसुवागढी हाइड्रोपावर र गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सकाे सेयर १० प्रतिशतले बढे । त्यस्तै सप्तकोशी विकास बैंकको ८.५, इमर्जिङ नेपालको ७.५ प्रतिशत मूल्य बढ्यो ।