काठमाडौं\एजेन्सी । हमासले अहिले निश्चित संख्यामा बन्दीहरु छाड्दै गएको छ । सो क्रममा छुटेका युवती बन्दीहरुले आफुसँग हमासले गरेको व्यवहार आफ्ना अविभावकसँग बताएका छन् ।
हमासले अघिल्लो साता चार इजरायली युवतीहरुलाई छाडेको थियो । उनीहरु इजरायली सेनामा आवद्ध थिए । बीबीसीका अनुसार युवतीहरुले आफुहरुलाई जबर्जस्ती खाना बनाउन लगाइएको र भाडा धुने काममा लगाएको बताएका छन् ।
हमासले उनीहरुलाई भूमिगत सुरुङ र भवनमा राखिएको थियो । उनीहरुलाई कुटपिट समेत भएको र पोर्पोगाण्डा भिडियोमा समेत काम लगाइएको युवतीहरुले बयानमा भनेका छन् ।
हमासले गर्यो चार जना इजरायली महिला सैनिकलाई बन्धक मुक्त
रिहा भएसँगै उनीहरु कुनै पनि मिडियामा आएका छैनन् । कतिपय कुरा उनीहरुले अझै पनि अविभावकसँग भन्न डराइरहेको समेत उनीहरुले बताएका छन् ।
साथै उनीहरुले यो मान्छन् की यदि त्यहाँ हुने सबै व्यवहार सार्वजनिक गर्यो भने गाजामा रहेका थप बन्दीलाई जोखिम पनि हुन्छ । हमासले यी युवतीहरुलाई ७ अक्टोवर २०२३ मा कब्जामा लिएका थिए ।
हमासले थप बन्दी रिहा नगर्ने, विपिनबारे बढ्दैछ चिन्ता
उनीहरुलाई आर्मी बेसबाटै हमासले नियन्त्रणमा लिएको थियो । सोही दिन हमासले इजरायलमा इतिहासकै घातक आक्रमण गरेको थियो । उनीहरुलाई १५ महिना बन्धक बनाइयो ।
हमासले बन्दीहरुलाई एक स्थानबाट अर्को स्थानमा हिडाइरहने गरेको समेत बताइएको छ । त्यस दौरान सूर्यको किरण देख्न नपाएको समेत उनीहरुले बताएका छन् ।

























