नेपालकै उच्च वायु प्रदूषित सहर धनगढी!

दाेस्राेमा भक्तपुर

काठमाडौं । सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीको वायु आज नेपालकै प्रदूषित सहर बनेको छ । आज बिहान साढे ६ बजे धनगढीकाे वायु प्रदूषण १८५ एक्यूआई मापन गरिएको छ ।

नेपालको वायु गुणस्तर मापन गर्ने वातावरण विभाग अन्तर्गतको वायु गुणस्तर निगरानीका अनुसार पछिल्लो २४ घन्टामा धनगढीको वायु प्रदूषण १८२ मापन गरिएको थियो ।

त्यस्तै आज दोस्रो स्थानमा भक्तपुर छ । भक्तपुरको १८२ एक्यूआई वायु प्रदूषण मापन गरिएको छ । त्यस्तै काठमाडौं शंखपार्क १७४, भैंसेपाटी १७२, रत्नपार्क १७०, पोखरा १६९, खुमल्टार १६५, भरतपुर १६१ र हेटौंडाको १५९ एक्यूआई मापन गरिएको छ । ५० एक्यूआईभन्दा माथि प्रदूषण सूचकांक कटेमा उक्त वायुलाई अस्वस्थ मानिन्छ ।

विभागले मंसिरदेखि जेठ महिनासम्म वायु प्रदूषण उच्च हुने भएकाले सुरक्षा अपनाउन समेत भनेकाे छ । ‘वायू प्रदूषणले मानव स्वास्थ्यमा नकारात्मक असर पार्ने र विशेष गरी बालबालिका, वृद्धवृद्धा एवं श्वासप्रश्वास र मुटुका बिरामी, गर्भवती महिलाहरुलाई बढी प्रभाव पार्ने भएकाले यस्तोबेला विशेष सावधानी अपनाउन अनुरोध छ’, विभागले सूचना जारी गर्दै भनेको छ ।

वातावरण विभागका अनुसार ०-५० एक्यूआईसम्मको सूचकांक मात्रै राम्रो मानिन्छ । ५१-१०० मध्यम, १०१-१५० हुँदा अस्वस्थ, १५१-२०० अस्वस्थ, २०१-३०० निकै अस्वस्थ र ३०१ एक्यूआई भएमा खतरनाक मानिन्छ ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here