अर्थमन्त्री पौडेल डिस्चार्ज हुँदै

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेल अस्पतालबाट आज डिस्चार्ज हुँदै छन् । पोखरा भ्रमण वर्ष उदघाटनको क्रममा जलेर घाइते भएका मन्त्री पौडेलको घाउ निको हुँदै गएको र फोक्सोमा कुनै खराब असर नपरेकाले उनलाई डिस्चार्ज गर्ने निर्णय गरेकाे हाे ।

यता मेयर आचार्य भने केही दिन अस्पतालमै कीर्तिपुरस्थित बर्न अस्पतालका निर्देशक डा. किरण किशोर नकर्मीले बताए ।

मेयर आचार्यको पहिलेदेखि नै उच्च रक्तचापको समस्या भएकाले हृदयरोग विशेषज्ञसँग परामर्श गरी केही दिन उपचार गरिने उनले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here