काठमाडौं । भारतको ओडिसा राज्यस्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) का विद्यार्थीलाई छात्रावास (होस्टल) र कक्षा सञ्चालनको व्यवस्था मिलाइने भएको छ ।
नयाँ दिल्लस्थित नेपाली राजदूतावासका अनुसार, सो संस्थाका रजिस्ट्रार लगायतका प्रतिनिधिले नेपाली विद्यार्थीका लागि छात्रावास र कक्षा सञ्चालनको व्यवस्था मिलाउने जानकारी गराएका छन् ।
दूतावासले आज एक विज्ञप्ति जारी गर्दै विद्यार्थीहरूको सुरक्षा सुनिश्चित गर्दै सोही संस्थाको छात्रावासमा नै बस्ने प्रबन्ध मिलाउन आग्रह गरिएको जानकारी गराएको छ ।
दुतावासका अनुसार दुतावासकाे अनुरोधमा उक्त शैक्षिक संस्थाले सोही अनुसार विद्यार्थीलाई छात्रावासमा बस्ने व्यवस्था मिलाई नेपाली विद्यार्थीहरूका लागि कक्षा सञ्चालनको व्यवस्थापन गर्ने भएको हाे।
ओडिसाको भुवनेश्वरस्थित कलेजको होस्टलमा बसेर बी–टेक तेस्रो वर्षमा अध्ययनरत बुटवलकी प्रकृति लम्साल मृत अवस्थामा भेटिएकी थिइन् । उक्त कलेजमा लगभग १५ सय नेपाली विद्यार्थी अध्ययनरत छन् । साे घटनाबारे छानबिनका लागि माग गर्दै नेपाली विद्यार्थीले प्रद्रशन गरेकामा कलेज प्रशासनले दमन गरेको थियो ।
लम्सालले साेहि कलेजमा पढ्ने एक युवकले आफूलाई लामो समयदेखि दुर्व्यवहार गर्दै आएको भन्दै अन्तर्राष्ट्रिय सम्बन्ध अफिसर (आईआरओ) लाई निवेदन पनि दिए पनि प्रशासनले गम्भीरतापूर्वक लिएको थिएन ।
आइतबार उनी कलेजको होस्टलभित्र मृत अवस्थामा फेला परेपछि विद्यार्थीहरुले कलेजविरुद्ध प्रदर्शन थालेका थिए । यता कलेजले उनले आत्महत्या गरेको दाबी गर्दै विज्ञप्ति जारी गरेको छ ।
उक्त घटनामा निष्पक्ष छानबिन गर्न पनि दूतावासले सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।
[…] मंगलबार तीन जना फर्किएका थिए । मंगलबार राति पूर्वीनाका काँकडभिट्टा नाका हुँदै १६ र वीरगञ्ज नाकाबाट ९५ जना नेपाली विद्यार्थी स्वदेश फर्किएका थिए । नेपाली राजदूतावासले भन्याे ‘नेपाली व… […]