सडक दुर्घटनाको भयाभह तस्वीर : नेपालमा प्रतिदिन ७ जनाको मृत्यु

काठमाडौं । चालु आर्थिक वर्षको छ महिनामा सडक दुर्घटनामा परी एक हजार दुई सय ३३ जनाको ज्यान गएको छ । यस अनुसार हरेक दिन औसत ७ जनाले सडक दुर्घटनामा ज्यान गुमाउने गरेको देखिएको छ ।

लापरवाही सवारीसाधन चलाएको तथा ट्राफिक नियमको पूर्ण परिपालनामा ध्यान नदिएका कारण दुर्घटनामा ज्यान जानेको सङ्ख्या गत आवको सोही अवधिको तुलनामा बढेको छ ।

गृह मन्त्रालयका अनुसार २०८० सालको को पुस मसान्तसम्म देशभर १२ हजार आठ सय ५६ सडक दुर्घटनामा एक हजार एक सय ४९ जनाको ज्यान गएको थियो।

यस वर्षको पुस मसान्तसम्म ११ हजार तीन सय ३८ सडक दुर्घटना हुँदा एक हजार दुई सय ३३ जनाको ज्यान गएको छ। गत वर्षको छ महिनाको तुलनामा यस वर्षको छ महिनामा सडक दुर्घटनाको सङ्ख्या घटे पनि मृत्यु हुनेको सङ्ख्यामा वृद्धि भएको छ।

मन्त्रालयका अनुसार गत साउनमा एक हजार छ सय २८ सडक दुर्घटनामा एक सय ५२, भदौमा एक हजार छ सय १९ दुर्घटनामा एक सय ७४ जनाको अकालमा ज्यान गएको थियो।

बाढीले क्षतिग्रस्त सडक पुनर्निर्माणको काम वर्षाअघि सक्न निर्देशन

गत असोजमा एक हजार आठ सय ७३ सडक दुर्घटनामा दुई सय, कात्तिकमा एक हजार नौ सय २८ दुर्घटनामा परी दुई सय ५८ जनाको निधन भएको विवरण छ ।

अघिल्लो गत मङ्सिरमा दुई हजार १४ सडक दुर्घटनामा परी दुई सय ५२ र पुसमा सबैभन्दा बढी दुई हजार दुई सय ७६ दुर्घटनामा परेर एक सय ९७ जनाको निधन भएको छ।

मन्त्रालयले उपलब्ध गराएको विवरण अनुसार गण्डकी, काठमाडौं उपत्यका र कर्णालीमा दुर्घटनाको संख्या घटे पनि मृत्यु हुनेको संख्यामा बढोत्तरी भएको छ। मधेस प्रदेश र बागमती (काठमाडौँ उपत्यका) बाहेकमा दुर्घटनाको सङ्ख्या बढे पनि मृत्यु हुनेको संख्या घटेको छ।
राससको सहयोगमा

1 COMMENT

  1. […] बे्रक फेल भई दुर्घटनामा परेको जिप सडकबाट झण्डै ६० मिटर तल खसेको प्रनाउ यादवले बताए । घटनामा घाइते अन्य चार जनाको बुर्तिबाङमै उपचार भइरहेको छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । सडक दुर्घटनाको भयाभह तस्वीर : नेपालमा … […]

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here