काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ मा वार्षिक बजेट करिब १९ खर्ब हाराहारी हुने गरी सिलिङ तय भएको छ । राष्ट्रिय योजना आयोगले मंगलबार अर्थ मन्त्रालयमा राष्ट्रिय स्रोतको प्रारम्भिक अनुमान तथा खर्च सीमा निर्धारणसम्बन्धी प्रतिवेदन २०८१ बुझाएको छ ।
बजेटको आकार घटाइयो, झण्डै १७ खर्ब मात्र खर्च हुने
यस अनुसार आगामी वर्षको बजेट करिब १९ खर्बको सीमाभित्र बजेट बन्ने तय भएको हो । योजना आयोगले आर्थिक वर्ष ०८२–८३ को आयोजना तथा कार्यक्रम प्रस्ताव गर्ने सम्बन्धी मार्ग दर्शन समेत अर्थमा बुझाएको छ । चालु आवमा सरकारले १८ खर्ब ६० अर्बको बजेट विनियोजन गरेको छ ।