काठमाडौं । सुनको भाउ करिव ४ महिनापछि फेरि उच्च विन्दुमा पुगेको छ । अघिल्लो दिनको तुलनामा आज ५ सय रुपैयाँ मूल्य बढेर उच्च मूल्यमा पुगेकाे हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि भाउ प्रतितोला १ लाख ७१ हजार रुपैयाँ तोकेको छ। यसअघि कात्तिक १५ गते पनि यहीं मूल्य कायम भएको थियो ।
आज चाँदी तोलमा १० रुपैयाँ बढेको छ । अघिल्लो दिन १९८५ रुपैयाँ रहेको चाँदी आज १९९५ रुपैयाँ पुगेको छ ।






















