सुनकाे भाउले बनायाे नयाँ रेकर्ड

फाइलफोटो

काठमाडौं। नेपाली बजारमा सुनको भाउले फेरि नयाँ रेकर्ड बनाएकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनकाे भाउ प्रतितोला १ लाख ७१ हजार ३ सय रुपैयाँ तोकेको छ । याे अघिल्लो दिनको तुलनामा मूल्य ५ सय रुपैयाँले बढि हाे ।

अघिल्लो दिन सुन प्रतितोला १ लाख ७० हजार ८ सय रुपैयाँमा काराेबार भएको थियाे । यसअघि फागुन ८ गते सुनको भाउ हालसम्मकै उच्च प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो ।

आज चाँदीको भाउ तोलामा १५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १९८५ रुपैयाँमा रहेको चाँदी यस दिन १९७० रुपैयाँमा झरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here