म्यानमारमा अलपत्र दुई नेपाली युवाको उद्धार

काठमाडौं । थाइल्यान्डको बैङ्ककस्थित नेपाली दूतावासले म्यान्मार पुगेर अलपत्र परेका दुई नेपाली युवाको उद्धार गरी स्वदेश फिर्ता पठाएको छ ।

अनलाइन स्क्यामिङ कार्यमा लगाइएका नेपाली नागरिकलाई नेपाली राजदूतावासले थाइल्यान्ड सरकारको सहयोगमा म्यान्मारको मेवाडीबाट उद्धार गरेर स्वदेश फिर्ता पठाएको हो । ती युवा बैङ्ककमा आकर्षक रोजगारी र कमाइ हुने प्रलोभनमा परेर तीन महिनापहिला त्यहाँ पुगेको पाइएको छ ।

“उद्धार गरिएको युवालाई म्यान्मारको मेवाडीबाट थाइल्यान्ड ल्याई नेपाल फर्काइएको छ,” बैङ्ककस्थित नेपाली दूतावासको विज्ञप्तिमा उल्लेख छ ।

यसअघि फागुन ९ गते पाँच नेपालीलाई सोही ठाउँबाट उद्धार गरी स्वदेश फर्काएको पनि सोही विज्ञप्तिमार्फत जानकारी गराएको छ । दूतावासले विज्ञप्तिमार्फत वैदेशिक रोजगारीका लागि जाँदा सरकारले तोकेका मापदण्डबमोजिम श्रम स्वीकृति लिएर मात्र जान अनुरोध गरेको छ ।

सामाजिक सञ्जालको आकर्षक कमाइ हुने विज्ञापनलाई विश्वास गरेर कम्बोडिया लाओस, म्यान्मार र थाइल्यान्डलगायत देशमा श्रम स्वीकृति नलिई आएका धेरै नेपाली नागरिक अलपत्र पर्ने समस्या बढेको भन्दै दूतावासले भ्रामक सूचनाप्रति सचेत हुन आग्रह गरेको हो ।

सूचनामा भनिएको छ, “ती देशका ठाउँ ठाउँमा नेपाली अलपत्र परेका गुनासा धेरै आएका छन् । उहाँहरूको उद्धारका लागि कठिनाइ भएको छ ।
सामाजिक सञ्जालहरूलाई नेपालमा दर्ता हुन सरकारले गर्याे पुनः आग्रह

केही सम्बन्धित देशका सरकारसँग श्रम स्वीकृति लिएर मात्रै वैदेशिक रोजगारीमा आउनु पर्छ ।” दूतावासका अनुसार ती देशमा अलपत्र पर्ने नेपाली नागरिक सामाजिक सञ्जालको आकर्षक रोजगारी विज्ञापनका आधारमा लाखौँ खर्चेर भ्रमण भिसामा आएका धेरै छन् ।

साथै दूतावासले विज्ञप्तिमार्फत रोजगारीको प्रस्ताव स्वीकार गर्नुअघि विदेशस्थित सम्बन्धित नेपाली नियोगमार्फत विदेशी फर्मरकम्पनीररोजगारदाताबारे पर्याप्त जानकारी लिन तथा व्यक्तिगत रूपमा ती फर्मरकम्पनीररोजगारदाताको वेबसाइट चेकजाँच गर्न आग्रह गरेको छ ।

अनलाइन जुवा, कलसेन्टर–फ्रड, क्रिप्टो–करेन्सी ठगीलगायतमा संलग्न शङ्कास्पद आइटी फर्मले यी देशमा रोजगारीका अवसरको प्रलोभन देखाई युवालाई ठगी गरिरहेको र पीडितलाई गैरकानुनी रूपमा बैङ्कक हुँदै कम्बोडिया, लाओस र म्यान्मार लगी बन्दी बनाएर काम गर्न लगाउने गरेको हुँदा त्यस्तो प्रलोभनमा नपर्नसमेत दूतावासले आग्रह गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here