काठमाडौं । २८ फेब्रुअरी अर्थात आज सौर्यमण्डलका सातवटा ग्रहहरु एकसाथ देखिनेछन् । यो एउटा दुर्लभ तथा अद्भूत खगोलीय घटना हो । वैज्ञानिक भाषामा Great Planetary Alignment भनिने सौर्यमण्डलका सबै ग्रह एकसाथ देखिने घटना निकै दुर्लभ हुन्छ ।
फेब्रुअरी २८ को बेलुका अर्थात! आज सूर्यास्तपछि शनि, बुध, शुक्र, मंगल, बृहस्पती, अरुण तथा बरुणलाई आकाशमा सिधा एकैसाथ देखिनेछ । जसमध्ये बुध, शुक्र, बृहस्पती र मंगललाई नांगो आँखाले नै देख्न सकिनेछ । त्यस्तै अरुण र बरुण ग्रहलाई सामान्य दूरबिन तथा टेलिस्कोपको प्रयोग गरेर हेर्न सकिनेछ।
शनि ग्रहलाई देख्न भने निकै कठिन हुनेछ।






















