शुक्रबार भ्लोदिमिर जेलेन्स्की र डाेनाल्ड ट्रम्पबिच करिब १० मिनेटसम्म चर्काचर्किपछि जेलेन्स्कीलाई ह्वाइट हाउसबाट निकालिएको छ।
छलफलको क्रममा ट्रम्पले जेलेन्स्की वार्ता गर्ने अवस्थामा नै नभएको बताए। त्यसपछि उनले माइक वाल्ट्ज र रुबियोलाई जेलेन्स्कीलाई उनको जाने समय भएको भन्न लगाएको ह्वाइट हाउसका एक अधिकारीले जनाएकाे सिएनएनले उल्लेख गरेकाे छ।
ह्वाइट हाउस छाड्न भनेपछि जेलेन्स्की निराश मुद्रामा ओभल अफिसबाट बाहिरिएको भनेर न्युयोर्क टाइम्सले लेखेको छ। त्यसपछि ह्वाइट हाउसबाहिर पर्खिरहेको गाडी चढेर जेलेन्स्की बाहिरिएका थिए।
ह्वाइट हाउसबाट बाहिरिएपछि जेलेन्स्कीले एक्समा ‘लेखे तपाईंहरूको सहयोगका लागि धन्यवाद अमेरिका। युक्रेनलाई न्यायपूर्ण र दिगो शान्ति चाहिन्छ, र हामी त्यसैको लागि काम गरिरहेका छौं,’ उनले लेखेका छन्। ट्रम्प र जेलेन्स्कीबीच ह्वाइट हाउसमा हुने भनिएकाे खनिज सम्झौतामा कुनै बहस नै हुन सकेन ।






















