काठमाडौं । इजरायलले युद्धविरामको अवधि ४२ दिन थप गरेकाे छ । युद्धविरामको पहिलो चरण समाप्त भएको दिनदेखि नै इजरायलले युद्धविरामको अवधि थप गरेको बीबीसीले उल्लेख गरेकाे छ।
हमास र इजरायलबीच सन् २०२५ को जनवरी १९ देखि युद्धविराम कार्यान्वयन भएकोमा पहिलो चरण मार्च १ शनिबारको मध्यरातिबाट समाप्त भएको थियो । तर लगत्तै युद्धविरामको लम्बाउने घोषणा इजरायलले गरेको बीबीसीले जनाएको छ ।
बीबीसीले उल्लेख गरेअनुसार रामजान लगायतका चाडपर्वलाई समेत मध्यनजर गरी इजरायलले युद्धविरामको अवधि थप गरेकाे हाे।


























