अमेरिकाले युक्रेनलाई दिइने सबै सैनिक सहयोग रोक्ने

photo- Ap

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई दिइने सबै सैनिक सहयोग रोक्न आदेश दिएका छन् ।

ह्वाइटहाउसमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भएको तनावपूर्ण बैठकको केही दिन पछि ट्रम्पले उक्त निर्णय गरेका हुन् । यससँगै ट्रम्पको यो आदेशसँगै भोलोदिमिर जेलेन्स्की थप दबाबमा परेका छन् ।

अमेरिकी रक्षा विभागका एक वरिष्ठ अधिकारीका अनुसार, संयुक्त राज्य अमेरिकाले अहिले युक्रेनलाई दिइरहेको सबै सैनिक सहयोग रोक्ने निर्णय गरेको ब्लुमबर्गले उल्लेख गरेकाे छ। ‘ट्रम्पको आदेशसँगै अब कुनै अमेरिकी सैन्य उपकरणहरू अब युक्रेन पठाइनेछैन’नाम नबताउने शर्तमा अधिकारीले भने । यो सहयोग युक्रेनी नेताहरूले शान्तिप्रति ईमान्दार प्रतिबद्धता नदेखाएसम्म रोकिने ट्रम्पले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here