ताेलामा ९ सयले बढ्याे सुनकाे भाउ, कतिमा हुदैछ कारोबार

काठमाडौं । बुधबार स्थानीय बजारमा सुनकाे भाउ तोलामा ९ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि भाउ प्रतितोला १ लाख ७० हजार ४ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ६९ हजार ५ सय रुपैयाँ थियो ।

आज चाँदीको भाउ तोलामा १० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १९४० रुपैयाँ रहेको चाँदी आज १९५० रुपैयाँ पुगेको छ ।