मार्क कार्नी बने क्यानडाका नयाँ प्रधानमन्त्री, ट्रम्पसँग व्यापार युद्ध जित्ने प्रतिबद्धता

मार्क कार्नी क्यानडाका नयाँ प्रधानमन्त्री बन्ने भएका छन्। उनी लिबरल पार्टीको नयाँ नेता चुनिएसँगै केही दिनमा प्रधानमन्त्री नियुक्त हुने भएका हुन्। कार्नी बैंक अफ क्यानडा र बैंक अफ इङ्ल्याण्डका पूर्वगभर्नर हुन् । लिबरल पार्टीका नेता जस्टिन ट्रुडोले गत जनवरीमा पार्टी प्रमुखबाट राजीनामा दिएपछी कायममुकायम प्रधानमन्त्री थिए।

आइतबार अर्थमन्त्रीसमेत रहेका क्रिस्टिया फ्रिलान्डलाई हराउँदै कार्नी लिबरल पार्टीको नयाँ प्रमुख चुनिएका हुन्। उनले ८६ प्रतिशत मत पाएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।

५९ वर्षीय कार्नीले केही दिनमै प्रधानमन्त्रीको शपथ लिनेछन्।

नयाँ प्रधानमन्त्री बन्न लागेका कार्नीले अमेरिकाका प्रधमनमन्त्री डोनाल्ड ट्रम्पको आलोचना गरे। साथै ट्रम्पसँगको व्यापार युद्ध जित्ने घोषणा पनि गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here