२ चैत, काठमाडौं । स्पेसएक्सले अन्तरिक्षयात्री सुनीता विलियम्स र बुच विल्मोरलाई अन्तरिक्षबाट पृथ्वीमा ल्याउनका लागि नयाँ दलका साथ इन्टरनेशनल स्पेस स्टेशनतर्फ रकेट लञ्च गरेको छ ।
दुवै अन्तरिक्षयात्री ८ दिनका लागि मात्र इन्टरनेशनल स्पेस स्टेशन गएका थिए । तर स्पेसक्राफ्टमा प्राविधिक त्रुटि आएपछि उनीहरु पछिल्लो ९ महिनादेखि अन्तरिक्षमै थिए ।
अन्तरिक्षमा अड्किएका दुई यात्री स्पेस स्टेशनबाटै मतदान गर्न उत्सुक
नयाँ दल स्पेस स्टेशनमा पुगेको दुई दिनपछि अन्तरिक्षयात्री पृथ्वीतर्फ आउनेछन् । नासाका कमर्शियल क्रू प्रोग्राम म्यानेजर स्टीभ स्टिचले यस मिसनलाई लिएर आफूहरु उत्साहित रहेको बताए ।
उनले भने, ‘बुच र सुनीताले धेरै राम्रो काम गरेका छन् । अब उनीहरुलाई फिर्ता ल्याउन हामी उत्सुक छौ ।’ सुनीता र बुच ४ जुन २०२४ मा परीक्षण मिसनका लागि बोइङको स्टारलाइनर अन्तरिक्ष यानबाट अन्तरिक्षमा गएका थिए ।