काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा. डा. अच्युत वाग्ले नियुक्त भएका छन् । प्रधानमन्त्री तथा केयूका कुलपति केपी शर्मा ओलीले सोमबार वाग्लेलाई उपकुलपति नियुक्त गरेका हुन् ।
वाग्ले यसअघि केयुमा रजिस्ट्रार थिए ।
संयोजक सुरेशराज शर्माले गत शुक्रबार र दुई सदस्य डा. अर्जुन कार्की र जनार्दन नेपालले आज छुट्टै नाम बुझाएका थिए ।
छनोट समितिका बहुमत सदस्यले बुझाएको रिपोर्टका आधारमा प्रधानमन्त्री समेत रहेका कुलपति ओलीले वाग्लेलाई नियुक्त गरेका हुन् । अर्थशास्त्रमा पीएचडी गरेका वाग्ले प्रधानमन्त्री शेरबहादुर देउवाकाे प्रेस सल्लाहकार तथा राष्ट्र बैंकका गभर्नरको सल्लाहकार भइसकेका व्यक्ति हुन् ।