अनेरास्ववियुले ताला लगाएपछि आरआरको स्ववियु निर्वाचन स्थगित

काठमाडौं । रत्नराज्यलक्ष्मी (आरआर) क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन स्थगित भएको छ । एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले क्याम्पसको मूल गेटमा तालाबन्दी गरेपछि चुनाव स्थगित गरिएको हो ।

निर्वाचन समिति संयोजक महेश भट्टराई र क्याम्पस प्रमुख डा. पद्मकुमार अधिकारीले सूचना जारी गर्दै सम्पूर्ण तयारी भइसकेको अवस्थामा तालाबन्दी हुँदा प्रतिकूल अवस्था सिर्जना भएकोले निर्वाचन स्थगित गरेको बताएका छन् ।

साथै सरोकारवाला पक्षसँग छलफल गरी अर्को मिति तोक्ने गरी हाललाई निर्वाचन स्थगित गरिएको निर्वाचन सिमित संयोजक भट्टराईले जानकारी दिए। क्याम्पस प्रशासनले फर्जी कार्ड (नक्कली परिचयपत्र) जारी गरेको भन्दै अनेरास्ववियुले सोमबार मध्यराति क्याम्पसको प्रवेशद्वारमै ताला लगाएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here