काठमाडौं विश्वविद्यालयका नवनियुक्त उपकुुलपतिले लिए शपथ

काठमाडौं । विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्राडा अच्युत वाग्लेले पद तथा गोपनीयताको शपथ लिएका छ्न् । प्रधानमन्त्री तथा काठमाडौं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीसमक्ष शपथ लिइएकाे हाे ।

मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित कार्यक्रममा उपकुलपति डा. वाग्लेले शपथ लिएका हुन् ।

साे अवसरमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, मुख्यसचिव एकनारायण अर्याल, शिक्षा मन्त्रालयका सचिव डा दीपक काफ्लेलगायत सहभागी थिए ।

नवनियुक्त उपकुलपति प्राडा वाग्ले यसअघि सो विश्वविद्यालयका कार्यवाहक उपकुलपति एवं रजिष्ट्रार थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here