६ चैत, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच ९० मिनेट भन्दा लामो वार्ता भएको छ । उनीहरुबीच युद्ध रोक्नेबारे टेलिफोन वार्ता भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
अमेरिकी राष्ट्रपति कार्यालयले वार्ताको पुष्टी गरेको छ । उनीहरुले ९० मिनेटसम्म कुराकानी गरेका थिए । दुई नेताबीच युक्रेनी भूमीमा रहेका ऊर्जा केन्द्रहरुमा कम्तिमा ३० दिन आक्रमण नगर्ने सहमति समेत भएको बताइएको छ ।
मारियुपोल युक्रेनबाट मुक्त गरेको रुसको दाबी, राष्ट्रपति पुटिनद्वारा सेनालाई बधाई
ट्रम्पको यो सुझावमा पुटिनले सहमति जनाएको ह्वाइट हाउसले जनाएको छ । १९ मार्चका दिन रुस र युक्रेनबीच १७५ जना युद्धबन्दी आदान प्रदान गर्ने सहमति समेत भएको छ ।
साथै गम्भीर रुपले घाइते २३ युक्रेनी सैनिक समेत रुसले युक्रेनलाई फिर्ता गर्ने भएको छ । उनीहरुको अहिले रुसमै उपचार भइरहेको छ ।