काठमाडौं । अमेरिकाका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी शुक्रबार कार्यक्षेत्रमा पुगेका हुन् । रेग्मी वासिङ्टन डीसीस्थित नेपाली दूतावासमा पुगेर कार्यभार सम्हालेको दूतावासले जनाएको हाे ।
गत कात्तिक २५ गते राजदूत नियुक्त भएका रेग्मीले राष्ट्रपतिसमक्ष गत मंसिर १६ गते शपथ लिएका थिए ।
उनी यसअघि बेलायतका लागि राजदूत पनि भएका थिए । रेग्मी नेपाल सरकारका मुख्यसचिवको रुपमा दुई वर्ष बढी कार्यरत थिए ।