महोत्तरीको बीभत्स हत्यामा पक्राउ परिन् मृतककै श्रीमती

काठमाडौं । महोत्तरीमा एक जना पुरूषको वीभत्स हत्या भएको घटनामा उनकै श्रीमती पक्राउ परेकी छन्।

धनुषा क्षिरेश्वरनाथ नगरपालिका-८ दिगम्बरपुरका शिवशंकर महतोको हत्या गरेको आरोपमा उनकै श्रीमती सिर्जना महतो पक्राउ परेकी छन्।

गत शुक्रबार साँझमा गौशाला नगरपालिका-८ मा रहेको सागरनाथ वन विकास परियोजनाको जंगलमा रहेको रेलवे ट्र्याक भन्दा एक सय मिटर पर शव फेला परेको थियो।

मृतकको टाउकोमा खुकुरी प्रहार गरिएको र जलाइएको अवस्थामा फेला परेको थियो। पक्राउ गरी अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जानकारी दिए।

प्रहरीका अनुसार मृतक शिवशंकर श्रीमती सिर्जना ससुराली जाँदै गर्दा घटना भएको हुनसक्ने प्रहरीको भनाइ छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here