काठमाडौं । बिहीबार सुनको भाउ तोलामै १३ सय रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि भाउ प्रतितोला १ लाख ७४ हजार ८ सय रुपैयाँ ताेकिएकाे छ । अघिल्लो दिन सुन प्रतितोला १ लाख ७३ हजार ५ सय रुपैयाँ थियो ।
त्यस्तै चाँदिकाे भाउ तोलामा ३० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ९९० रुपैयाँ रहेको चाँदी आज २ हजार २० रुपैयाँ कायम भएको छ ।