एसइई दिएर फर्कने विद्यार्थीलाई महानगरले घर पुर्याइदिने, यी नम्बरमा गर्नुस सम्पर्क !

काठमाडौं । काठमाडौं महानगरभित्र एसइई दिने विद्यार्थीहरूलाई फर्कनका लागि सवारी साधन उपलब्ध नभए महानगरले सहयोग गर्ने भएको छ।

शुक्रबार काठमाडौंका दुई ठाउँमा छुट्टाछुट्टै समूहले प्रदर्शन गर्ने हुँदा बिहान ११ बजेदेखि सवारी आवागमन प्रभावित हुने भएपछि महानगरले एसइईका विद्यार्थीलाई गन्तव्यमा पुर्‍याउन सहयोग गर्ने भएको हो।

महानगरले सवारी साधन उपलब्ध नभएर गन्तव्यवमा पुग्न नसक्ने परीक्षार्थीहरूले सम्पर्क गर्न भनेर महानगर प्रहरी बलका चार जनालाई सम्पर्क व्यक्ति तोकेको छ।

कसलाई सम्पर्क गर्ने?

बानेश्वर क्षेत्रका विद्यार्थीले नगरप्रहरी उपरीक्षक कुमार अर्याललाई ९८५१०६८०९६ मा सम्पर्क गर्न सक्नेछन्। त्यस्तै रत्नपार्क क्षेत्रका विद्यार्थीहरूले नगरप्रहरी उपरीक्षक मनोज प्रसाद लामिछानेलाई ९८५१०९३१७६ मा, नयाँ बसपार्क क्षेत्रकाले नगरप्रहरी नायब उपरीक्षक पूर्णचन्द्र भट्टलाई ९८५१२३३६३३ नम्बरमा र टेकु क्षेत्रमा नगरप्रहरी निरीक्षक प्रकाश पण्डितलाई ९८५१०५६३४६ नम्बरमा सम्पर्क गर्न सक्ने महानगर प्रहरी बलले जानकारी दिएकाे छ।

त्यस्तै हटलाइन सेवा ०१५९०१७६४ र ९८५१३५६५०९ नम्बरमा पनि त्यस्ता विद्यार्थीहरूले सम्पर्क गर्न सक्नेछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here