रिडी–तम्घास सडक एक महिना पूर्ण रुपमा बन्द

काठमाडौं । मदन भण्डारी राजमार्गको रिडी तम्घास सडक खण्ड एक महिना पूर्ण रूपमा बन्द हुने भएको छ ।

उक्त सडक खण्डको ठुलढुङगा भिर क्षेत्रमा पहरो फोर्ने, सडक चौडा गर्ने,ग्रेड मिलाउने कार्यका लागि यहि चैत २३ गतेदेखि वैशाख २२ गतेसम्म सडक पूर्ण रूपमा बन्द रहने मदन भण्डारी राजमार्ग, योजना कार्यालय गुल्मीका प्रमुख इन्जिनियर रमेश चौधरीले जानकारी दिए ।

यो समय अवधिमा वैकल्पिक सडकहरू प्रयोग गर्नका लागि कार्यालयले आग्रह गरेको छ । उक्त सडकको विकल्पमा पानी ट्याङकी थोर्गा,स्याल बिसौनादेखि रातामाटा सडक हुँदै रिडी, पिपलनेटा दिगाम हुँदै रिडी, लुम्छा, धरमपानी,दिगाम हुँदै रिडी र घुम्ती, चारपाला,खरज्याङ हुँदै रिडी सडक खण्ड प्रयोग गर्नका लागि कार्यालयले आग्रह गरेको छ ।

यसका साथै आवश्यक सहयोग गरि दिनका लागि उक्त क्षेत्रका स्थानीय तह, जिल्ला प्रशासन, जिल्ला प्रहरी कार्यालयलगायतलाई पत्राचार गरिएको कार्यालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here