आन्दोलनरत शिक्षकहरूलाई सरकारले वार्तामा बोलायो

काठमाडौं । आन्दोलनरत शिक्षकहरूलाई सरकारले वार्तामा बोलाएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरूलाई वार्तामा बोलाएको हो ।

‘शिक्षक समुदायसँग विगत झै फेरि पनि सान्दर्भिक छलफल गर्न र साझा धारणा निर्माण गर्न नेपाल सरकार हमेशा तयार रहेकाले शिक्षा तथा कर्मचारीका प्रतिनिधिहरूलाई मन्त्रालयमा हार्दिक स्वागत गर्दछौं,’ शिक्षा मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

विद्यालय शिक्षा विधेयक स्वीकृतिको पर्खाइमा रहेकाले यसका लागि सामूहिक सन्देश प्रवाह गर्न मन्त्रालय सकारात्मक रहेको जानकारी समेत दिएको छ ।

शिक्षकहरु विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै बुधबारदेखि काठमाडौंमा प्रदर्शन थालेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here