‘सरकारको निर्णयले काम गर्ने कर्मचारीलाई हतोत्साहित बनायाे’: कुलमान

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक पदबाट सरकारले बर्खास्त गरेको कुलमान घिसिङले सरकारको निर्णयले काम गर्ने कर्मचारीलाई हतोत्साहित बनाएकाे बताएका छन्।

शुक्रबार पत्रकार सम्मेलन गर्दै उनलेे यस्ताे बताएका हुन्। साे अवसरमा घिसिङले भने ‘राज्यको सबै शक्ति ममाथि खनाइयो,याे त सबैलाई प्रष्ट नै छ। उनले आफू बर्खास्तीमा पर्दा विचलित नभएको भन्दै असल नागरिकको हैसियतले सधै काम गर्ने बताए ।

उनले आफूमाथि ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दिपक खड्काले अनावश्यक नैतिक प्रश्न उठाएकाे आरोप लगाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here