चालु आवमा साढे ४ प्रतिशत आर्थिक वृद्धि हुने एडीबीको प्रक्षेपण

काठमाडौं । एसियाली विकास बैंक (एडीबी) ले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ४.४ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ । गत आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ३.९ प्रतिशत थियो ।

एडीबीले आगामी आर्थिक वर्ष भने ५.१ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण गरेकाे छ।

एडीबी नेपाल आवासीय मिसनका प्रमुख अर्थशास्त्री इआन हान्सनले ट्म्पको ट्यारिफ घोषणाले एसिया व्यासिफिक क्षेत्रको आर्थिक वृद्धिको प्रक्षेपण घटेर ४.९ प्रतिशतमा झर्ने बताए । त्यस्तै अमेरिकी नीतिगत परिवर्तनबाट प्रक्षेपणलाई कमजोर बनाउनुका साथै अनिश्चय बढाएको उनको भनाइ छ ।

अमेरिकाको आर्थिक वृद्धि गत वर्षको २.८ प्रतिशतबाट यो वर्ष २ प्रतिशतमा र आगामी वर्ष १.९ प्रतिशतमा झर्ने सम्भावना रहेको एडीबीको भनाइ छ ।

चालु आर्थिक वर्षमा उत्पादनमूलक क्षेत्रको वृद्धि भने बढ्ने प्रक्षेपण एडीबीको छ । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा निर्माण क्षेत्रमा ७.७ प्रतिशत कर्जा विस्तार भएको छ,’ एडीबीका नेपाल आवासीय मिसनका अर्थशास्त्री मानवरसिंह खड्काले भने ‘उत्पादनमूलक उद्योगमा कर्जा जाने सम्भावना पनि उच्च छ ।’

चालु आर्थिक वर्षमा मूल्यवृद्धि ५.२ प्रतिशतमा सीमित हुने प्रक्षेपण एडीबीको छ । आगामी वर्षमा यो ५ प्रतिशतमा सीमित हुने प्रक्षेपण छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here