८ महिनामा भित्रियाे साढे १० खर्ब बढीकाे रेमिट्यान्स

remit

काठमाडौं । चालु आर्थिक बर्षको पछिल्लो ८ महिनामा नेपालमा साढे १० खर्ब बढी रेमिट्यान्स भित्रिएको छ ।

गत आर्थिक बर्षको साेहि अवधिको तुलनामा यस्तो रेमिट्यान्स आप्रवाह ९.४ प्रतिशतले बढि हाे । चालू आवको ८ महिनामा रेमिट्यान्स १० खर्ब ५१ अर्ब ७७ करोड रुपैयाँ पुगेको हो ।

गत आवको सोही अवधिमा विप्रेषण आप्रवाह १८.३ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ६.९ प्रतिशतले वृद्धि भई ७ अर्ब ७४ करोड पुगेको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ ।

अघिल्लो वर्ष यस्तो आप्रवाह १६.१ प्रतिशतले बढेको थियाे।

चालु आवमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ३ लाख १७ हजार ६८ जना र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख १७ हजार ४ सय ३ रहेको छ ।

गत बर्ष सोही अवधिमा यस्तो संख्या क्रमशः २ लाख ८५ हजार ३ सय ५२ र १ लाख ८२ हजार ७ सय ८३ रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here