काठमाडौं । प्रधानमन्त्रीसमेत तथा त्रिभुवन विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले उपकुलपति प्रा.डा. केशरजंग बरालले पदबाट दिएको राजीनामा स्वीकृत गरेका छन्।
उपकुलपति बरालले स्वास्थ्यको कारण देखाउँदै केही दिनअघि राजीनामा दिएका थिए।
प्रधानमन्त्री ओलीले बिहीबार उपकुलपति बरालले दिएको राजीनामा स्वीकृत गरेका हुन्।
बराल २०८० फागुन १० गते त्रिवि उपकुलपतिमा नियुक्त भएका थिए।