काठमाडौं । सरकार र नेपाल शिक्षक महासंघबीच वार्ता सुरु भएको छ ।
शिक्षा मन्त्रालयमा जारी वार्तामा शिक्षक महासंघबाट सहअध्यक्ष नानुमाया पराजुली नेतृत्वको टोली सहभागी छ ।
त्यस्तै सरकारको तर्फबाट शिक्षामन्त्री विद्या भट्टराई सहितको टोली सहभागी छन्।
शिक्षक महासंघले २० चैतदेखि आन्दोलन गर्दै आइरहेको छ ।


























