काठमाडौं । प्रहरी प्रधान कार्यालयले मातहतका कार्यालयहरूलाई कर्मचारीहरूको राजीनामा स्वीकृत नगर्न निर्देशन दिएको छ । आन्दोलन, प्रदर्शनलगायतलाई लक्षित गरेर प्रहरी प्रधान कार्यालयले कर्मचारीहरुको राजीनामा स्वीकृत नगर्न निर्देशन दिएको हाे ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रहरी महानिरीक्षकको सचिवालय, सबै विभाग, ब्युरो, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी सबै प्रदेश प्रहरी कार्यालयलाई निर्देशन दिइएको छ ।
याे निर्देशनसँगै अर्को आदेश नभएसम्म राजीनामा स्वीकृत हुने छैन ।
राजावादिहरुले गरेको प्रदर्शन हिंसात्मक बनेपछि अहिले आन्दोलन र प्रदर्शनमा ठूलो मात्रामा प्रहरी खटाइने गरिएको छ ।