बोर्डले भन्याे ‘१२को परीक्षा सरेको छैन, हल्लाको पछी नलागौ’

काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा नसरेको बताएको छ । शिक्षकहरूको आन्दोलनका कारण परीक्षा सरेको भन्दै सामाजिक सञ्जालमा भ्रामक सूचना आएपछि बोर्डले विज्ञप्ति जारी गरि परीक्षा नसरेको र हल्लाकाे पछि नलाग्न भनेकाे हो ।

‘यही २०८२ साल वैशाख ११ गतेवाट संचालन हुने गरी तय भएको कक्षा १२ को वार्षिक परीक्षाका सम्बन्धमा विद्यार्थीवर्गमा भ्रम सिर्जना हुने गरी परीक्षा स्थगित गरिएको भ्रामक सूचना विभिन्न सामाजिक संजालमा संप्रेषण गरिएको प्रति बोर्डको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

बोर्डले त्यस्ता सूचना सम्प्रेषण गर्नेलाई कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाउने बोर्डले जनाएको छ । साथै बोर्डले परीक्षाको वातवरण बनाउन प्रधानाध्यापकहरूलाई अनुरोध पनि गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here