दोधारा-चाँदनीका मेहेनती कृषकलाई आलुको बिउ वितरण

पप्पु गुरुङ दोधारा,४ कात्तिक । माहाकालीका किसानहरुलाई आलुको बिउ बितरण गरिएको छ ।

माहाकाली नगरपालिकाका दशै वडाका किसानहरुलाई ४६ कुन्टल भन्दा बढी आलुको बिउ बितरण गरिएको माहाकाली नगरपालिका कार्यालय कृषी शाखा कार्यालयले जनाएको छ ।

शाखाले कार्डिनल र टिपिएस जातका आलुका बिउ बितरण गरिएको बताएको छ । माहाकाली नगरपालिकाका प्रत्येक वडाका ४ जना मेहनती किसानलाई छनौट गरि अनुदानमा आलुको विउ वितरण गरेको छ ।

माहाकाली नगरपालिका कार्यालयको सहयोगमा माहाकाली नगरपालिकाका ४० भन्दा बढी मेहनती किसानहरुलाई कार्डिनल र टिपिएस जातका (सेता तथा रातो) आलुका बिउ बितरण गरिएको माहाकाली नगरपालिका कार्यालय कृषी शाखा कार्यालयका प्रमुख कमलापती भट्टले जानकारी दिएका छन् ।

माहाकाली नगरपालिकाका किसानहरुले बिगत लामो समय देखी भारतबाट निर्यात गरिएका आलु बिउकोरुपमा प्रयोग गर्दै आएका छन् । खाने आलुलाई भारतियहरुले बिउको आलु भन्दै बेच्दै आएका हुन् । यस्ता आलु उत्पादनमा कमी आउने, बिषादी भएको कारण मानव स्वास्थ्यमा समेत प्रतिकुल असर पर्ने बताईन्छ ।

आलुको व्यावसायिक खेती प्रति किसानको आकर्षण बढेको कारण माहाकाली नगरपालिका कृषी शाखा कार्यालयले गत आर्थिक वर्ष देखी बिभिन्न वडाहरुमा किसानलाई तालिम, उन्नत बिउ र रोगब्याधी नियन्त्रण जस्ता प्रविधि तालिम सिकाउदै आएको हो ।

किसानलाई आलु खेती तर्फ आकर्षित गर्न उच्च गुणस्तरको स्रोत बिउको प्रयोग, रोग अवरोधक जातको सिफारिस, जातीय शुद्धता, भौगोलिक अवस्था अनुसार जातको छनोट लगाएत काममा किसानलाई माहाकाली नगरपालिका कृषी शाखा कार्यालयले सघाउदै आएको छ ।

आलुको बिउ बितरण पछि आलु खेतीमा प्रयोग हुने मलखाद, ढुसीनाशक औषधी किसानलाई उपलब्ध गराईने माहाकाली नगरपालिका कार्यालय कृषी शाखा कार्यालयका प्रमुख कमलापती भट्टले जानकारी दिएका छन् । कृषी शाखाले अन्यवाली सरह आलु खेती गरिने खेतबारीमै पुगेर किसानलाई प्रोत्साहित गरिने बताएको छ ।

भातको सट्टा, खाजाका रुपमा, तरकारी र विभिन्न परिकार बनाउन प्रयोग गरिने आलु उत्पादनमा पछिल्ला समयमा आएर माहाकाली नगरपालिका क्षेत्रका किसानहरु आत्मनिर्भर बन्दै गएको एक थरीको भनाई रहेको छ ।

माहाकाली नगरपालिका कार्यालय कृषी शाखा कार्यालयले राष्ट्रिय आलु बाली विकास कार्यक्रम अन्तर्गत माहाकाली नगरपालिका कार्यालयको सहयोगमा दोस्रो पुस्ताको बिउ ७५ प्रतिशत छुट मूल्यमा किसानलाई वितरण गरेको जनाएको छ ।

माहाकाली नगरपालिका वडान नं. ६ निवासी कृषक राजेश सुनार अनुसार बिगतका दिनहरु भन्दा माहाकाली नगरपालिका कृषी शाखा कार्यालयले माहाकाली नगरपालिकाका किसानहरुलाई राम्रो सहयोग गर्दै आएको बताएका छन् ।

छुट मूल्यमा किसानलाई उपलब्ध गराएको कृषी शाखाले उन्नत जातको बिउ बितरणले किसानहरु निकै हौसिएको बताएका छन् । ‘ माहाकाली नगरपालिका कृषी शाखाले किसानहरुलाई पछिल्लो समयमा आएर निकै सघाएको छ्’ स्थानिय किसान राजेश सुनारले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here