काठमाडौं । १० वर्षअघि आजकै दिन गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको महाभूकम्पको गएकाेमा आज सिन्धुपाल्चोकमा भुकम्प गएकाे छ।
११ बजेर ५३ मिनेट जाँदा फुल्पिङकोट केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
२०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएर ७.८ म्याग्निच्युडको भूकम्प गएकाे थियाे। साे भुकम्पमाबाट करिब ९ हजार मानिसको ज्यान गएको थियो ।























