शिक्षक र सरकारबीचको वार्ता आजपनि निष्कर्षविहीन

नेपाल शिक्षक महासंघ र सरकारबीचको वार्ता निष्कर्षविहीन टुंगिएको छ ।

काठमाडौं । नेपाल शिक्षक महासंघ र सरकारबीचको वार्ता निष्कर्षविहीन टुंगिएको छ ।

सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा मन्त्री रघुजी पन्तसँगकाे वार्ता निष्कर्षविहिन भएको हाे।

आजको वार्तामा आन्दोलनरत शिक्षक महासंघले आफ्नो मागबारे मन्त्री रघुजी पन्तलाई बताएका थिए । मन्त्रालयबाट भने शिक्षकका माग सम्बोधनबारे ठोस कुरा नआएको तर वार्तालाई निरन्तरता दिने सहमति भएको छ । शैक्षिक हड्ताल गरेर काठमाडौं केन्द्रित सडक आन्दोलन गरेको २५ दिन पुगेको छ ।

यसैबीच बिहीबार सर्वोच्च अदालतले विद्यार्थीको पठनपाठन सञ्चालन गर्ने गरी तीनभित्र शिक्षकका माग सम्बोधन गर्न आदेश दिइसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here