काठमाडौं। आइतबार दिउँसो शिक्षकको आन्दोलनको क्रममा घाइते भएकी पत्रकार सबिना कार्कीको तिलगंगा आँखा अस्पतालमा उपचारका लागि पुर्याइएको छ ।
पत्रकार कार्कीलाई प्रहरी र शिक्षकबीचको झडपको क्रममा आँखामा चोट लागेको थियो । सुरुमा उनलाई बानेश्वरस्थित सिभिल अस्पताल लगिएकोमा चिकित्सकले ट्रमा सेन्टर रिफर गरेको थियो । तर, उनको आँखामा चोट भएपछि तिलगंगा अस्पताल लगेर उपचार भइरहेको हो ।
प्रहरीले हानेको पानीको फोहोराले कार्कीको आँखामा चोट लागेको हो । कार्की प्राइम टेलिभिजनकी पत्रकार हुन् ।


























