काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले शिक्षकहरूको माग पूरा नहुनुमा पछिल्ला तीन सरकार जिम्मेवार रहेको बताएका छन् ।
सोमबार प्रतिनिधिसभाको बैठकमा उनले यस्तो बताएका हुन् । शिक्षक आन्दोलन लम्बिँदा विद्यार्थीहरूको पठन प्रक्रियामा नै समस्या भएको उनले बताए । आफू तीन दिन अगाडि गाउँबाट फर्किएको उल्लेख गर्दै उनले गाउँमा दुई दर्जन जति बालबालिका अभिभावकले स्कुल जान नपाएको र भीरपाखामा चल्दा लडेर चोटपटक लागेको सुनाएको बताए ।
शिक्षकका जायज माग सम्बोधन गर्न सरकार अग्रसर हुनुपर्नेमा सरकार शान्तिपूर्ण आन्दोलनमा रहेका शिक्षकमाथि दमन गर्ने नीतिका साथ प्रस्तुत हुन थालेको भनेर आलोचना गरे ।
सबै पक्ष जिम्मेवार भएर शिक्षकका जायज माग सम्बोधन गर्नमा लाग्नुपर्ने उनको आग्रह छ ।
भिडियाेका लागि लिङ्क खाेल्नुहाेस
‘शिक्षकहरूको माग पूरा नहुनुमा पछिल्ला तीन सरकार जिम्मेवार’