प्रम ओलीले भने ‘नीतिहरू सही छन्,ढुक्क हुनुहाेला’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले लिएका सबै नीतिहरू सही भएको भन्दै सांसदहरूलाई ढुक्क हुन आग्रह गरेका छन् ।

सरकारी निवास बालुवाटारमा शनिबार आयोजित संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् । उनले भने ‘नीतिहरू ढुक्कले सहि छन् भन्ने कुरामा अगाडि बढ्नु भए हुन्छ,’‘विपक्षी भएपछि जे भए पनि विरोध गर्नुपर्छ भन्ने मानसिकता छ ।’साथै, उनले विपक्षीले भनेको कुरामा सत्यता छ कि भनेर धेरै घोत्लिन पनि आवश्यक नरहेको पनि बताए ।

सरकारले हिजो मात्रै ल्याएको नीति तथा कार्यक्रमको छलफलमा अध्ययन राम्रो बनाएर प्रस्तुत हुन ओलीले सांसदहरूलाई निर्देशन दिए उनले भने‘माननीयहरूले बोल्दा कुनै चिप्लिने खालको कुरा नहोस्, स्ट्रङ, स्पष्ट होस्,’ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here