पर्यटक आगमनमा उत्साहजनक वृद्धि, एकै महिनामा भित्रिए सवा लाख

सन् २०१९ को पहिलो दुई महिनामा पर्यटक आगमन उत्साहजनक वृद्धि भएको छ । नेपाल पर्यटन बोर्डका अनुसार फेब्रुअरी महिनामा मात्र १ लाख २४ हजार ४ सय २१ पर्यटक नेपाल भ्रमणमा आए । त्यसमध्ये ९७ हजार ६ सय ९४ पर्यटक हवाई मार्ग हुँदै नेपाल भित्रिएका थिए ।

सन् २०२० मा वार्षिक २० लाख पर्यटक भित्राउने लक्ष्य राखेको सरकारलाई पर्यटक आगमनको यो तथ्यांकले हौसला थपेको छ । बोर्डका अनुसार सन् २०१९ को पहिलो दुई महिनामा गत वर्षको सोही अवधिको तुलनामा ३३ प्रतिशत बढी पर्यटक नेपाल भित्रिएका छन् । फेब्रुअरी महिनामा मात्र सन् २०१८ को तुलनामा ३९ प्रतिशत बढी पर्यटक नेपाल आएको बोर्डको तथ्यांक छ ।

झण्डै शतप्रतिशत बढी भारतीय

अघिल्लो वर्षको फेब्रुअरी महिनाको तुलनामा यस वर्ष भारतीय पर्यटक आगमन झण्डै दोब्बरले बढेको छ । यस महिनामा १४ हजार ५ सय ७१ भारतीय नेपाल आए । यो गत वर्षको यसै महिनाको तुलनामा ९२.५ प्रतिशत बढी हो ।

यस महिनामा श्रीलंकाबाट मात्र १४ हजार ८ सय ३१ पर्यटक नेपाल आएको तथ्यांक छ । यो महिनामा सबैभन्दा बढी पर्यटक भने चीनबाट भित्रिएका छन् । फेब्रुअरीमा मात्र १६ हजार २ सय ५ जना पर्यटन नेपाल आएका छन् ।

फेब्रुअरीमा बढी पर्यटक भित्रिएका ५ देश

चीन: १६३९३

श्रीलंका: १४८३१

भारत: १४५७१

थाइल्याण्ड: १४३२२

अमेरिका: ७१३३

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here