काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिव नेपालीले रेशम चौधरीको पक्राउप्रति न्यायिक छानिबन माग गरेका छन्।
सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै नेपालीले यस्तो माग गरेका हुन् ।
‘नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीको पक्राउप्रति सरोकार राख्दै न्यायिक छानबिनको माग गर्दछु’ उनले भने ।
वैशाख १७ गते नाउपा र जनमत पार्टीबीच एकीकरण घोषणाका लागि प्रज्ञा भवनमा पुगेका बेला रेशम चौधरी पक्राउ परेका थिए ।

























