काठमाडौं । पानी परेर हिलाे भएपछि नारायणघाट–बुटवल सडक अवरुद्ध भएको छ । सडकको दाउन्ने खण्डमा पानी परेका कारण चिप्लो भएपछि यातायात अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
विनयी त्रिवेणी गाउँपालिका–२ का विश्वकर्मा मन्दिर र पैँसट्ठी मोडमा सडक हिलो भएका कारण सवारीसाधन सञ्चालनमा पूर्ण रूपमा रोक लगाइएको हाे। पानी पर्न रोकिएपछि डोजरले हिलो सफा गरेर सवारीसाधन गन्तव्यतर्फ पठाइनेछ ।
साे सडकखण्ड अहिले राति ६ घण्टा सडक बन्द गरेर विस्तार भइरहेको छ।























