चेम्बर अफ कमर्सले हिरक जयन्ती मनाउने

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले हिरक जयन्ती मनाउने भएको छ । चेम्बर अभियानको ७५ औं ऐतिहासिक बर्षगाँठको अवसरमा चेम्बरले वार्षिक रुपमा विभिन्न कार्यक्रम गरी हिरक जयन्ती मनाउन लागेको बताएको छ ।

हिरक जयन्तीलाई भव्यताका साथ सम्पन्न गर्नका लागि चेम्बरले सल्लाहकार परिषद्का अध्यक्ष एवं पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठको सभापतित्वमा हीरक जयन्ती मुल समारोह समिति गठन गर्ने निर्णय गरेको छ ।

साढे ७ दशकदेखि क्रियाशिल निजी क्षेत्रको प्रतिनिधिमूलक पहिलो सस्था नेपाल चेम्बर अफ कमर्सले मुलुकको समग्र आर्थिक समृद्धि एवं निजी क्षेत्रको व्यावसायिक क्षमता अभिवृद्धिका लागि गरेका बिभिन्न गतिबिधिहरुलाई हीरक जयन्तीको अवसरमा उजागर गरिने चेम्बरले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here