१ खर्ब ३ अर्ब ८४ करोड रुपैयाँ अध्ययनका लागि बाहिरियो

नेपालबाट विदेश घुम्न जानेले ९ महिना अवधिमा ६६ अर्ब ५५ करोड विदेशी मुद्रा खर्च गरेका छन्

काठमाडौं । चालु आर्थिक वर्ष २०८१\८२ को ९ महिना १ खर्ब ३ अर्ब ८४ करोड रुपैयाँ अध्ययनका लागी विदेश लगिएको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आव चैत मसान्तसम्मको वित्तीय तथा आर्थिक स्थिति प्रतिवेदनले साउन–चैत सम्म नेपाली विद्यार्थीले सो बारबरको रकम अध्ययनका लागी बाहिर लगेको देखाएको हो । गत वर्ष सोही अवधिमा भने ९५ अर्ब ८५ करोड रुपैयाँ विद्यार्थीसँगै बाहिरिएको थियो ।

चैतसम्म सेवा खाता अन्तर्गत भ्रमण व्यय १ खर्ब ७० अर्ब ३९ करोड पुगेको छ । जुन गत आव सोही अवधिको तुलनामा १९ प्रतिशत बढी हुन आउछ । यसमध्ये शिक्षाको हिस्सा सबैभन्दा बढी छ । तथ्यांक अनुसार नेपालबाट विदेश घुम्न जानेले ९ महिना अवधिमा ६६ अर्ब ५५ करोड विदेशी मुद्रा खर्च गरेका छन् ।

त्यस्तै नेपाल घुम्न आउने विदेशी नागरिकबाट नेपालले ६६ अर्ब ५४ करोड आम्दानी गरेको छ । यसरी हेर्दा नेपालबाट बाहिर विदेश घुम्नका लागि लगिने रकमको तुलनामा नेपालमा भित्रने रकम कम छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here