संसदबाट नीति तथा कार्यक्रम पारित

बैठकमा उपस्थित सांसदहरु काठमाडौँ, २८, वैशाखः नयाँ बानेश्वरस्थित सङ्घीय संसद भवनमा आइतबार बसेको प्रतिनिधिसभा सभाको बैठकमा उपस्थित सांसदहरु । तस्बिरः किरणराज विष्ट÷रासस

२८ वैशाख, काठमाडौं । प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ । बैठकम सभामुख देवराज घिमिरेले नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरे । यही वैशाख १९ गते नीति तथा कार्यक्रम सदनमा प्रस्तुत भएको थियो ।

त्यसमा वैशाख २२ देखि २८ गतेसम्म निरन्तर छलफल भएको थियो । छलफलको अन्तिम दिन आज प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरुले उठाउनुभएको प्रश्नको जवाफ दिएका थिए ।

आजको बैठकमा नीति तथा कार्यक्रममाथि प्राप्त संशोधनलाई निर्णयार्थ प्रस्तुत गरिएको थियो । नीति तथा कार्यक्रममाथि एकल र संयुक्त गरी कूल ३७ वटा संशोधन प्रस्ताव दर्ता भएका थिए । ती सबै अस्वीकार भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here