काठमाडौं । चालु आर्थिक बर्षको ९ महिनामा नेपालमा करिव १२ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चैत मसान्तसम्मको तथ्यांकले यस्तो देखाएको हाे।
तथ्यांकअनुसार साे अवधिमा ११ खर्ब ९१ अर्ब रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ । याे गत आवको सोही अवधिको तुलनामा १० प्रतिशतले बढि हाे।
गत आवकाे यहि अवधिमा रेमिट्यान्स आप्रवाह १७.२ प्रतिशतले बढेको थियो । गत आर्थिक वर्ष यस्तो आप्रवाह १५.२ प्रतिशतले बढेको थियो ।अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७.३ प्रतिशतले वृद्धि भई ८ अर्ब ७४ करोड पुगेको छ ।
।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ३ लाख ५८ हजार २ सय २२ र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ४९ हजार ६ सय ५२ रहेको छ ।