९१ अर्ब ५९ करोड थपियाे बेरुजु

काठमाडौं । आर्थिक वर्ष २०८०/८१ मा सरकारको बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख रुपैयाँ थपिएकाे छ। महालेखा परीक्षकको कार्यालयकाे ६२ औं वार्षिक प्रतिवेदनदे यस्ताे देखाएको हाे। सोमबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शीतल निवासमा प्रतिबेदन पेश गर्दै महालेखा परीक्षक तोयम रायले उक्त बेरुजु थपिएकाे बताएका हुन् ।

प्रतिवेदनअनुसार बेरुजु संघीय सरकारका कार्यालयहरूमा ४७ अर्ब ७४ करोड ३० लाख, प्रदेश सरकारमा ४ अर्ब २० करोड, स्थानीय तहमा २५ अर्ब ३२ करोड ४२ लाख थपिएका छा्। त्यस्तै समिति तथा अन्य संस्थाहरूमा १४ अर्ब ३३ करोड ७ लाख रुपैयाँ थपिएकाे छ ।

महालेखा परीक्षक कार्यालयका अनुसार यस वर्ष ९४ खर्ब ६२ अर्ब ३६ करोड रुपैयाँ बराबर लेखा परीक्षण गरिएको थियो । यसमध्ये ३ हजार ९३ संघीय सरकारी कार्यालयको मात्र ३१ खर्ब ६ अर्ब १६ करोड लेखा परीक्षणबाट ४७ अर्ब ७४ करोड रुपैयाँ बेरुजु देखिएको छ । कुल अद्यावधिक बेरुजु ७ खर्ब ३३ अर्ब १९ करोड रुपैयाँ पुगेको छ।

यस्तै, लेखापरीक्षण वक्यौता, राजस्व वक्यौता, लिनुपर्ने वैदेशिक अनुदान तथा ऋणसम्बन्धी अद्यावधिक रकम ५ खर्ब ५१ अर्ब १ करोड रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ।

बेरुजु संप्रेषण कार्य अन्तर्गत २८ अर्ब २९ करोड ४० लाख परीक्षण गरिँदा १४ अर्ब ६८ करोड ४१ लाख रुपैयाँ असुल गरिएको तथ्याङ्क पनि प्रतिवेदनमा समावेश गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here