प्रतिनिधि सभा बैठकमा दुई वटा संसदीय समितिका प्रतिवेदन पेस हुँदै

काठमाडौं । प्रतिनिधि सभा बैठकमा आज दुई वटा संसदीय समितिका प्रतिवेदन पेस हुँदैछन् ।

बैठकमा अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति राज किशोर यादवले ‘अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको वार्षिक प्रतिवेदन, २०८२’ पेस गर्नेछन् ।

कानुन, न्याय तथा मानव अधिकार समितिका सभापति बिमला सुवेदीले ‘कानुन, न्याय तथा मानव अधिकार समितिको वार्षिक प्रतिवेदन, २०८१/०८२’ पेस गर्नेछिन् ।

त्यस्तै विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल जारी रहनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here